प्रधानमन्त्री दाहाल चैत्त ३० मा भारत भ्रमणमा जाने


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल अप्रिल दोस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री दाहाल निकट स्रोतले दिएको जानकारीअनुसार दाहाल अप्रिल १३ देखि १६ सम्म भारतको ३ दिने राजकिय भ्रमणका क्रममा नयां दिल्लीे जाने भएका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने बताएका थिए । दाहाललाई चीनबाट भ्रमणको निम्तो आएपनि अन्ततः उनले आफ्नो विदेश भ्रमण भारतबाट सुरु गर्न लागेका हुन् । भारत भ्रमणको क्रममा उनले समकक्षी नरेन्द्र मोदीसहित उच्च भारतीय अधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसका साथै उनले भारतिय सरकारद्धारा संचालित थिंक ट्यांकले गरेको कार्यक्रममा समेत उनले सम्बोधन गर्ने तयारी भइरहेको बताइन्छ । भ्रमणको तयारी दुवै पक्षबाट सुरु भएको छ । दाहालले चैत्त ५ मा संसदबाट विश्वासको मत लिएलगत्तै मन्त्रीपरिषद विस्तार गर्ने र त्यसपछि भारत भ्रमणमा जाने तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement