चिनियां विदेशमन्त्रीको भ्रमणलगत्तै प्रधानमन्त्री भारत जाने


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । चिनियां विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणलगत्तै देउवा भारत जाने टुंगो लागेको हो ।

प्रधानमन्त्री देउवा प्रधानमन्त्रीमा नियुक्त भएको लामो समय हुंदा समेत उनको भारत भ्रमण हुन सकेको थिएन । देउवाको भ्रमणको मिति १-३ अप्रिलको लागी तय भएको स्रोतको दावी छ ।

उनको भ्रमणको बेला जयनगर-जनकपुरको रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement