सगरमाथाको देश सागरसम्म सिधा जोडिनेछ : भारतीय प्रधानमन्त्री मोदी

सगरमाथाको देश सागरसम्म सिधा जोडिनेछ : भारतीय प्रधानमन्त्री मोदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा भारतको साझेदारीको लामो इतिहास रहेको मोदीले बताए। उनले भने, ‘नेपालको सबै क्षेत्रको विकासका लागि भारत सधै‌ तत्पर रहेनछ। तर भारतको सहयोग नेपालको प्राथमिकता तथा आवश्यकताको आधारमा हुनेछ।’

 प्रधानमन्त्री मोदीले नेपाल अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्। संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले कोशी नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको उल्लेख गरे।  ‘सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ,’ मोदीले भने ‘नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ।’ मोदीले काठमाडौंलाई भारतसँग जोड्ने रेलमार्गका विषयमा दुबै देशले मिलेर काम अघि बढाउने सहमति भएको बताए।