प्रधानमन्त्री निवास आजै भत्काइने


काठमाडौं – बालुवाटारमा रहेको प्रधानमन्त्री निवासको मुख्य भवन भत्काइने भएको छ ।

डा. तुलसी गिरी प्रधानमन्त्री भएका बेला २०३२ सालमा निमाण गरिएको उक्त भवनलाई डिस्मेन्टल गर्ने र नयाँ बनाइने भएकाले आजैदेखि भत्काइन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री बस्दै आएका उक्त भवन भत्काउने भएपछि प्रधानमन्त्रीका लागि नजिकै एकतले नयाँ भवन बनेको सल्लाहकार थापाले जानकारी दिए ।

उक्त भवन बनेयता सूर्यबहादुर थापा, कीर्तिनीधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, मरिचमान श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement