प्रधानमन्त्रीको ध्यान यता पनि पुग्ला ? प्रधानमन्त्री कार्यालय र मन्त्रालयको काम पनि छैन चुस्त


काठमाडौैं – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टिमसँग असन्तुष्ट भइरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनिक संयन्त्र पनि सशक्त बन्न सकेको छैन । त्यस्तै, सरकारलाई सफल बनाउने मन्त्रालयको प्रशासनिक तथा सिंगो कर्मचारी संयन्त्रले पनि उच्च मनोबलका साथ दिलोज्यान दिएर काम नगरेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालयको प्रशासनिक संयन्त्र शक्तिशाली र कामयावी हुनुपर्नेमा त्यस्तो हुन नसक्दा अन्य मन्त्रालयको प्रशासनिक संयन्त्रले पनि आक्रामक रूपमा काम गर्न नसकेको प्रशासनविद्को तर्क छ । प्रधानमन्त्री ओलीले आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टिमले आक्रामक काम गर्न नसकेको भन्दै राजीनामा दिन सुझाइसकेका छन् । उनको सुझावअनुसार सबै सल्लाहकारले यही १ मंसिरदेखि लागू हुने गरी राजीनामा बुझाइसकेका छन् ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका सदस्य, सल्लाहकार टिम मात्रै होइन, सबै मन्त्रालयका मन्त्री, सचिव तथा सिंगो प्रशासनयन्त्रले प्रभावकारी रूपमा काम नगर्दा प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुनेमा आशंका सिर्जना हुँदै आएको छ ।याे समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement