डेढ लाखबाहेकको रकम निकाशा गरिदिन प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको आग्रह

डेढ लाखबाहेकको रकम निकाशा गरिदिन प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीलाई डेढ लाखबाहेकको रकम निकाशा गरिदिन द्वन्द्वपीडित संघले आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुुझाउँदै संंघले २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रति पीडित सात लाख पचास हजारमध्ये एक लाख पचास हजारका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम निकासा गरिदिन आग्रह गरेको हो ।

द्वन्द्वपीडित संघले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गठन गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न ध्यानाकर्षणपत्रमार्फत माग गरेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्दा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्षरुपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई महत्व दिन आग्रह गरेको हो । सोसम्बन्धी कानुन संसदबाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।

संघका अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।