अब नेताकहाँ गएर बढुवा हुनेवाला छैन, नम्बर घट्नेछ : प्रधानमन्त्री अाेली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनु पर्ने बताएका हुन्।

‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम गर्यौं भने देश बन्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘ किन कि यो असधारण दायित्व बोकेको सरकार हो।’

सिंहदरवारमा मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै प्रम ओलीले सबैलाई जवाफदेही ढंगले काम गर्न भने। ‘हामी नेपाललाई मगन्ते रहित बनाउन चाहन्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘सडकमा मागेर दिन कटाउनेहरुले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन्।’

सरकारको मुल लक्ष्य समृद्ध नेपाल,सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिए। ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ। उपलब्धी देखिने गरी काम गर्नुपर्छ ’ प्रधानम्नत्ती ओलीले भने।

उर्जा,पर्यटन,सेवा,व्यापार,उद्योग आदि क्षेत्रमा उर्वर भए पनि नेपाल सधैं अभाव र गरिबीमा रहीरहने कुरा अब मान्य नुहने प्रधानमन्त्री ओलीले बताए। ‘हरेक क्षेत्रमा उपलब्धी हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयका बीच समन्वयात्मक ढंगले काम गर्नुहोस’ ‘कसैको दबाव वा प्रभावमा कोही पनि नपर्नुहोस र नियम र कानुन बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस। ’

प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई समयलाई ख्याल गर्न निर्देशन दिए।

मिनेट समयलाई सदुपयोग गरेर काम गर्न,काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न प्रधानमन्त्रीले सबैलाई सम्झाउनु भएको छ। ‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस ,त्यस अनुसार उपलब्धी हासिल गर्नुहोस’ प्रधानमन्त्री ओलीले भने, ‘तर यस कारण,यदी,यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

प्रधानमन्त्री ओलीले सचिबहरु बढुवा सुरुवाका लागि नेताको धाउने प्रवृति अन्त्य हुने बताए।। ‘अब नेताको गएर अब बढुवा वा सरुवा हुनेवाला छैन ’ प्रधानमन्त्री ओलीले भने ‘चुस्त ढंगले काम गर्नुहोस। जनतालाई छिटो छरितो सेवा दिनुहोस ’ प्रधानमन्त्री ओलीले भने, ‘भनसुनतिर लाग्ने र नेताको धाउने चलनले अब तपाईंको नम्बर बढ्ने होइन नम्बर घट्छ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री,राज्य मन्त्री , प्रधानमन्त्रीका मूख्य सल्लाहकार मुख्य सचिब र सचिबहरुको र सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement