गोकुल बाँस्कोटालाई देख्नासाथ विरोधीहरुको मुख बन्द हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई देख्नासाथ विरोधीहरु चुप लाग्ने गरेको बताएका छन् ।

धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटाको खुलेर प्रशंसा गर्दै बाँस्कोटालाई देख्नासाथ विरोधीहरु चुप लाग्ने बताएका हुन् ।

‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्काेतिर अरू सबैजस्तो भएको छ’, उनले भने, सरकारको विरोध गर्नुर्पयो भने गोकुल बास्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन् ।’

काभ्रे प्रतिभा जन्माउने जिल्ला भएको बताए बताउँदै उनले काभ्रे विकासको सम्भावना भएको जिल्ला भएको बताए ।  सो अवसरमा प्रधानमनत्री ओलीले स्व. मदन भण्डारीको शालिक अनावरणसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement