नेपाल र क्याम्बोडियाबीच भयो यस्ताे सम्झौता


काठमाडौं – नेपाल र क्याम्बोडियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, व्यापार र आर्थिक सहयोग सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र क्याम्बोडियाका उनका समकक्षी हुन सेनको समेत उपस्थितिमा सो समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्स र क्याम्बोडिया चेम्बर अफ कमर्सबीच पनि आपसी सहयोग सम्बन्धी समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका छन् ।

दुई देशबीचका प्रधानमन्त्रीबीचको भेटवार्ताका क्रममा क्याम्बोडियाका प्रधानमन्त्रीले केही अघि आफूले गरेको नेपाल भ्रमणको स्मरण गरेका थिए भने प्रधानमन्त्री ओलीले आफूलाई भ्रमणको निम्तो दिएकोमा आफ्ना क्याम्बोडियाली समकक्षीलाई धन्यवाद दिएका थिए ।

भेटघाटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत भ्रमण दलका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
प्रधानमन्त्री ओली अहिले भियतनाम भ्रमण सकेर क्याम्बोडियाको भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement