कम्बोडियाबाट प्रधानमन्त्रीको ‘ट्वीट’- नेपाललाई समृद्ध र सुखी बनाऔं


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ५५औं विद्यार्थी एकता दिवसको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै अध्ययनलाई जीविका, परोपकार र देश निर्माणसँग गाँस्दै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् ।

उनले भनेका छन, ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ५५ औं स्थापना दिवसका अवसरमा अध्ययनलाई जीविका, परोपकार र देश निर्माणसँग गाँस्दै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा सार्थक योगदान गर्न विद्यार्थी समुदायमा हार्दिक आव्हान गर्दछु ।’

उनी भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कंदै छन् । साँझ ७ बजे प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

साथै दिवसको सन्दर्भमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन् ।

प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निःशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएका थिए ।

बुधबार विहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement