फेसबुकमा ‘५० लाख दिए प्रधानमन्त्री ओलीको हत्या गर्छु’ भन्दै कमेन्ट गर्ने तामाङ पक्राउ


काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा ५० लाख दिए प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्छु भन्दै कमेन्ट गर्ने युवक पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको हत्या गर्छु भन्ने कमेन्ट गर्ने लालबहादुर तामाङलाई सोमबार महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बानेश्वरबाट पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक लिखासु गाउँपालिका–२ घर भइ हाल काठमाडौं बस्दै आएका तामाङले नेपाल खबर अन्लाइनमा आएको ‘पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भन्ने शीर्षकको समचारमा ‘५० लाख दिनुस् म केपी शर्मा ओलीलाई मारिदिन्छु’ भन्ने कमेन्ट गरेका थिए ।

उनले सलिम योञ्जन तामाङभाइ नामक फेसबुक आईडीबाट सो कमेन्ट गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने काम गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement