प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाबीच शिष्टचार भेटवार्ता


काठमाडौं – भारतीय पूर्वप्रधानमन्त्री एच.डी. देवेगौडा र प्रधानमन्त्री केपी शर्मा ओलीवीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद समेत दिए । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा र्पुयाएको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खासगरी तीन वटा कुरामा उपलब्धी भएको छ। जलमार्ग, रेलमार्ग र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धी भएको छ।’

प्रतिक्रिया दिनुहोस
Advertisement