प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, आइतबार काठमाडौं फर्कने तयारी

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, आइतबार काठमाडौं फर्कने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपचारको सिलसिलामा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किने भएका छन् ।

स्वास्थ्य परीक्षण सकिएको र स्वास्थय अवस्था सामान्य रहेकाले उनी आइतबार स्वदेश फर्किने उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

आज प्रधानमन्त्री ओलीको सिंगापुरका प्रधानमन्त्री ली हिसियन लुसँग भेट्ने कार्यक्रम तय भएपनि उनी अस्पतालमै बस्नुपर्ने भएकाले उनको प्रधानमन्त्री लुसँग भेटवार्ता हुन सकेन । प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराइरहेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ गते ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए । प्रधानमन्त्री ओलीले यसअघि नै आफ्नोे स्वास्थ्य परीक्षण र सिंगापुर बसाईंका क्रममा लाग्ने खर्च आफैंले व्यहोर्ने जानकारी गराइसकेका छन् ।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह सहित नौजनाको टोली सहभागि छ ।