प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुगेका ओलीले शुक्रबार बिहान भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वा्चित भएका मोदीलाई बधाइ दिँदै ओलीले सहकार्यका लागि तयार रहेको बताएका थिए । ओलीले भारत भ्रमणका क्रममा भएका सहमती कार्यान्वयनमा जोड समेत दिएका थिए ।

ओली र मोदीबीच द्पिक्षीय हितका विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement