प्रधानमन्त्रीको सवारीमा ३० मिनेट एयरपोर्ट बन्द


काठमाडौं – भीभीआईपीको सवारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ३० मिनेट बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किने भएकाले विमानस्थल ३० मिनेटका लागि बन्द गरिएको हो ।

साँझ ७ बजे प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको विमानबाट काठमाण्डु आइपुग्ने कार्यक्रम छ । उनी काठमाण्डु आइपुग्ने समयभन्दा १५ मिनेट अगाडि देखी उडान तथा अवतरण बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । विमान अवतरण भएको १५ मिनेटपछि विमानस्थल सुचारु हुनेछ ।

प्रधानमन्त्री अवतरणमा ३० मिनेटको लागि आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय दुवैतर्फका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement