बनेका संरचना पनि नटिक्ने असारे विकासकाे प्रवृत्ति त्याग्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार बिहान आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ,’ उनले भने, ‘विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु।’

राजनीतिक परिवर्तनका हिसाबले देश सही मार्गमा रहेको तर नागरिकका अपेक्षा सम्बोधन गर्ने चुनौती अझैँ हामीसामु रहेको उनले बताएका छन्। प्रधानमन्त्री दाहालले देशले बौद्धिक पलायनको जोखिम सामना गरिरहेको भन्दै यस्तो अवस्था रोकेर देशमै रोजगारी र अवसरको सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने बेला आएको समेत  बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement