नेपालस्थित विभिन्न देशका राजदूतलाई प्रधानमन्त्रीको बोलावट


काठमाडौं– सरकारले आफ्नो योजना र विदेश नीतिबारे अन्र्तराष्ट्रिय समुदायलाई बिफ्रिङ गर्ने भएको छ । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदनबारे देशभित्रै चर्को विरोध भइरहेको बेला सरकारले नेपालस्थितसवै देशका कुटनितिज्ञहरुलाई छलफलको लागी बोलाएको छ ।

सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको भावी कार्यक्रम र विदेश नीतिका बारेमा कुटनितिज्ञहरुलाई बिफ्रिङ गर्ने भएका छन् ।

परराष्ट्रमन्त्रालयले नेपालस्थित सबै कुटनीतिक नियोगका प्रमुख, र विकास साझेदार संस्थाहरुलाई लिखित रुपमा बिफ्रिङमा उपस्थित हुन आग्रह गरिसकेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओलीले विहिवार दिउसो कुटनितिक नियोगका प्रमुखहरुसंग छलफल गर्ने बताए ।

छलफलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसहित परराष्ट्रमन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement