काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको ‘सिमा सम्बन्धि विवादास्पद अभिव्यक्तिबारे सदनमा गोप्य मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ।
प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अरू मन्त्रीले दिनु गलत भएको तर्क गर्दै नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले गोप्य मतदानको माग गरेकी हुन्।
प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सिमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि सुस्तामा भारतीय सुरक्षाकर्मी परिचालन र दार्चुलामा बिना अनुमति भारतीय सेनाको हेलिकोप्टर घुमेको प्रसंग जोडदै उनले गोप्य मतदान गर्न माग गरेकी हुन् ।
‘प्रधानमन्त्रीको अभिव्यक्तिका बारेमा सदनभित्र मतदान गरियोस, उहाँको अभिव्यक्तिले राष्ट्रिय अखण्डताको पक्षमा छ भन्ने लाग्छ भने सत्तारूढ दलका सांसदले मतदान गरिदिऊन्, होइन भने ठिक बेठिक के हो जान्न, मतदान गरौं ।’
प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि सदनमा निरन्तर विरोध हुँदै आएको छ ।




प्रतिक्रिया