काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा राजदूत थोमसन र प्रधानमन्त्री ओलीबीच आपशी सम्बन्ध र दुई देशबीचको सहयोग आदान प्रदानबारे कुराकानी भएको थियो ।
राजदूत थोमसनले सामाजिक सञ्जाल एक्समा नवनियुक्त प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको जानकारी दिँदै तस्बिर पनि राखेका छन् ।
‘हामीले दुई देशबिचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा गर्यौँ । अमेरिका उहाँको सरकारसँग मिलेर काम गर्न र नेपाल र अमेरिकाबिचको सहकार्य सशक्त बनाउँदै लैजान चाहन्छ,’ राजदूत थोमसनले एक्समा लेखेका छन् ।
Great conversation with the newly appointed Rt. Hon’ble Prime Minister of Nepal KP Sharma Oli. We discussed the vibrant 77-year partnership between our two nations. The U.S. looks forward to working with his government to continue strengthening the cooperation between Nepal and… pic.twitter.com/To5iAYMhPH
— U.S. Ambassador Dean R. Thompson (@USAmbNepal) July 17, 2024
प्रतिक्रिया