आजदेखि पोखरामा प्रधानमन्त्री कप भलिबल सुरू हुँदै

आजदेखि पोखरामा प्रधानमन्त्री कप भलिबल सुरू हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवौं संस्करणको ‘प्रधानमन्त्री कप – एनभीए महिला तथा पुरुष भलिबल क्लब लिग’ बिहीबारदेखि पोखरामा शुरू हुँदैछ ।

नेपाल भलिबल क्लब (एनभीए) को आयोजनामा हुने प्रतियोगिता जेठ १५ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब गरी ८ वटा टिम सहभागी छन् ।

यस्तै महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश गरी ६ वटा टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले काभा भलिबल क्लब च्याम्पियनशिपमा खेल्ने मौका पाउनेछ । दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।