महाराजगञ्जमा ३० जना प्रहरी कर्मचारीलाई हेभी सवारी चालक तालिम प्रदान


काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महाशाखामा सञ्चालित हेभी सवारी चालक तालिम १४औं समूह अन्तर्गत तालिम प्रदान गरिएको हो ।

महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।

प्रहरी उपरीक्षक कर्णले संगठनको आवश्यकता अनुसार भित्रिएका नविनतम प्रविधिका विभिन्न किसिमका हेभी सवारी साधनहरू चलाउन तथा परिचालन गर्नका लागि तालिम प्रदान गरिएको बताए । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ–आफ्नो कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत असोज ४ गतेबाट सञ्चालित ३० कार्यदिन अवधि रहेको तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान १४ जना गरी कूल ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement