प्रहरीले भन्यो – भूकम्पपीडितलाई राहत माग्नेको आधिकारिकता निश्चित गर्नू


काठमाण्डु – नेपाल प्रहरीले भूकम्पपीडितलाई राहत संकलनको नाममा सहयोग माग्ने संघसंस्थाको आधिकारिकता निश्चित गर्न आग्रह गरेको छ ।

विपतको समयमा पीडितलाई राहतको नाममा हुने ठगीबाट जोगिन प्रहरीले सूचना जारी गर्दै आग्रह गरेको छ ।

आर्थिक वा अन्य सहयोग गर्नुअघि सहयोग माग्ने व्यक्ति तथा संघसंस्थाको आधिकारिकता निश्चित गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले भनेको छ, ‘भूकम्पपीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति, संघसंस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस
Advertisement