तपाईं नेपाल प्रहरीको आँखा र कान बन्नुहोस् : प्रहरी


काठमाण्डु – नेपाल प्रहरीले प्रहरीको आँखा र कान बन्न सर्वसाधारणलाई अपिल गरेको छ ।

सामाजिक सञ्जाल फेसबूकमार्फत अपिल गर्दै प्रहरीले आफूले देखेको, सुनेको अथवा थाहा पाएको घटनाबारे जानकारी गराउन अनुरोध गरेको छ ।

प्रहरीले भनेको छ, ‘तपाईं नेपाल प्रहरीको आँखा र कान बन्नुहोस् । आफूले थाहा पाएको, देखेको प्रत्येक घटना प्रहरीलाई जानकारी गराएर जिम्मेवार नागरिक हुनुहोस् ।’

प्रहरीले १०० नम्बर, आधिकारिक फेसबूक पेज, इन्स्टाग्राम अकाउन्ट, एक्स अकाउन्ट र वेबसाइटमार्फत जानकारी दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement