लुभुका सई बुढाथोकी माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा


काठमाण्डु – जिल्ला प्रहरी परिसर ललितपुरअन्तर्गत प्रहरी प्रभाग लुभुमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सन्तोषकुमार बुढाथोकी माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका छन् ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेकाले उनलाई उत्कृष्ट घोषणा गरिएको हो ।

सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकमाझ प्रहरी संगठनको गरिमा राखेकोमा योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंसापत्रसहित उनलाई पुरस्कृत गरिएको छ ।

धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीमा दरबन्दी भई लुभुमा कार्यरत सई बुढाथोकीलाई माघ महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरी पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement