सामाजिक सञ्जालमा घृणा फैलाउने सामग्री नराख्न साइबर ब्युरोको चेतावनी


काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यममा घृणा एवं द्वेष फैलाउने सामग्री प्रकाशन नगर्न चेतावनी दिएको छ ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालका माध्यमबाट प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू अर्थात् सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका गतिविधि बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

यस्ता सामग्रीमा लाइक गर्ने, ट्याग, कमेन्ट र रिपोष्ट गर्ने जस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै कानून उल्लंघन हुने कुनै पनि गतिविधि भएको पाइएमा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही गरिने ब्युरोको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement