अपराधिक क्रियाकलाप जरैदेखि उन्मूलन गर्ने एसएसपी सुवेदीको उद्घोष


काठमाडौं— महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय—प्रहरी साझेदारी अवधारणा अन्तर्गत शनिबार विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले सामाजिक संजालको दुरुपयोगले सामाजिक विकृति तथा आपराधिक गतिविधि बढेको चर्चा गर्दै यस्ता विकृति हटाउनका लागि प्रहरीले समुदाय—प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताए। अपराधिक क्रियाकलाप जरैदेखि उन्मूलन गर्ने समेत उनले उद्घोष गरे।

अपराधको प्रवृत्ति परिवर्तन भइरहेको सन्दर्भमा यस्ता अपराध नियन्त्रण गर्न समुदायको पनि सहयोग प्राप्त भएमा थप सफलता हासिल गर्न सकिने समेत उनले उल्लेख गरे। नागरिक पनि बिना वर्दीका प्रहरी भएको बताउँदै समाजमा हुने अपराधिक गतिविधि तथा सूचनाहरु जति सक्दो छिटो रुपमा प्रहरीलाई खबर गर्नुपर्नेमा उनले जोड दिए।

शनिबार सम्पन्न भएकामध्ये महानगरीय प्रहरी वृत्त कालीमाटी र सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा कालीमाटीस्थित कालीमाटी बैङ्केटमा सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजमा भइरहेका अपराध र न्यूनिकरणका उपाय लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

यसैगरी समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत पालिका समिति चन्द्रागिरी काठमाडौंको आयोजनामा चन्द्रागिरी नगरपालिका(११ स्थित चन्द्रागिरी पार्टी प्यालेसमा सम्पूर्ण वडा समितिका पदाधिकारीहरुवीच संयुक्त छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने अपराध रोकथाम तथा न्यूनिकरण गर्न समुदाय र प्रहरीवीच सहकार्य गरी अपराधजन्य कार्यलाई न्यूनिकरण गर्ने बिषयमा उक्त कार्यक्रममा छलफल समेत भएको थियो ।

यसैगरी समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत महानगरीय प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको आयोजनामा गोंगबुस्थित सौगात पार्टी प्यालेसमा सामाजिक विकृति, विसंगती न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement