दुई डिएसपीसहित ८ प्रहरीलाई महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’


काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंले वैशाख महिनाभर उत्कृष्ट कार्य गरेको भन्दै महानगरीय प्रहरी वृत्त कालिमाटी र गौशालाका प्रहरी प्रमुखलाई पुरस्कृत गरेको छ।

शुक्रबार परिसरमा आयोजित एक समारोहकाबीच उत्कृष्ट काम गर्ने कालिमाटीका डीएसपी दिपक क्षेत्री र गौशलाका डिएसपी अनुपम श्रेष्ठ पुुरस्कृत भएका हुन्।

यसैगरी, प्रहरी निरिक्षकमा शर्मिला गुरुङ र पुष्कर बोगटी,  सईमा टेकबहादुर कुवर, असई शिव कट्टेल र प्रहरी जवनमा अर्जुन सेठ्ठि पुरस्कृत भएका छन्।

उत्कृष्ट कार्य गर्ने डिएसपीद्वय क्षेत्री र श्रेष्ठले समान २५–२५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । इन्सपेक्टर गुरुङ र बोगटीले समान १७ हजार नगद तथा प्रमाणपत्र, प्रनानी टेकबहादुर कुँवरले २५ हजार नगद तथा प्रहरी जवान सेठ्ठीले १० हजार नगद तथा उत्कृष्टताको प्रमाणपत्र प्राप्त गरेका छन्।

पुरस्कारका लागि परिसरले नेपाल बंगलादेश बैंक लिमिटेडसँग सहकार्य गरेको थियो।

गत चैतदेखि काठमाडौं जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रत्येक महिना ५० हजार रुपैयाँसम्म नगद पुरस्कार दिने घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement