सेवाग्राहीसँग ‘घुस’ लिएको आरोपमा बाँकेमा २ ट्राफिक प्रहरी निलम्बित

सेवाग्राहीसँग ‘घुस’ लिएको आरोपमा बाँकेमा २ ट्राफिक प्रहरी निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेवाग्राहीसँग आर्थिक लाभ (घुस) लिएको आरोपमा बाँकेमा २ जना ट्राफिक प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि ३ जना प्रहरी अधिकारीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार शनिबार बाँकेमा सेवाग्राहीसँग आर्थिक लाभ लिएको आरोपमा २ जना ट्राफिक प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।

घटनाका सम्बन्धमा दुवै अस्थायी प्रहरी पोस्टका इन्चार्ज र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गरी ३ जनालाई नेपाल प्रहरी प्रधान कार्यालयमा झिकाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।