प्रहरीमा एआईजी सरुवा : कार्की प्रतिस्ठानमा बस्न्यातलाई सुरक्षा परिषदमा थन्काईयो 


काठमाडौं– सरकारले नेपाल प्रहरीका  दुई जना एआईजीको सरुवा गरेको छ । मन्त्रिपरिषदको वैठकले एआईजी पुष्कर कार्की र धिरु बस्न्यातको सरुवा गरेको हो ।  नेपाल प्रहरीमा वरियतामा एक नम्बरमा रहेका एआईजी कार्कीलाई कार्य एवम अपराध अनुसन्धान विभागबाट प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।

प्रतिष्ठानमा रहेका बस्न्यातलाई सुरक्षा परिषद्को सचिवालयमा काज सरुवा गरिएको छ । परिषद्मा  डिआईजीको दरबन्दी रहेपनि उनलाई त्यहा जगेडामा पठाइएको छ । 

एआईजी बस्न्यात बिरुद्ध प्रतिष्ठानमा आर्थिक अनियमितताको उजुरी परेपछि उनको सरुवा अपराध अनुसन्धान तथा कार्य विभागमा भए पनि उनलाई सुरक्षा परिषद्को सचिवालयमा काज सरुवा गरिएको स्रोतको दावी छ । 

कार्य विभागमा डिआईजी केदार रिजाललाई ल्याउने पक्कापक्की भएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement