प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ


काठमाडौं – प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने कागेश्वरी मनोहरा नगरपालिका-९ घर भएका २० वर्षीय भरत केसी र सोही ठाउँ बस्ने यमन दाहाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.९५ प ४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक भरतले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले कारबाहीबाट बच्न मोटरसाइकलमा सवार यमनले नगद ५ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement