सस्तोमा सुन उपलव्ध गराईदिन्छु भन्दै ठगी गर्ने प्रहरी फन्दामा


काठमाडौं– बजार मुल्यभन्दा सस्तोमा सुन दिन्छु भनी ठगि गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले बजारमुल्यभन्दा सस्तो सुन उपलब्ध गराउने भनी सर्वसाधारणबाट २० लाखभन्दा बढी रकम ठगि गरेको आरोपमा दाङ घर भएका नरेन्द्र महरा,दार्चुला घर भएका इन्द्रसिंह धामी र दार्चुलाकै भुपेन्द्रसिंह धामीलाई पक्राउ गरेको छ ।

उनिहरुको साथबाट नगद २० लाख ५० हजार, आइफोन, ६ थान, बा ११ च ७६४२ नम्बरको स्विफट गाडी समेत प्रहरीले बरामद गरेको छ । ठगीमा पक्राउ परेका महराको साथबाट बरामद भएको फोनमा रेडपाण्डाको छालाको फोटो देखिएपछि अनुसन्धान गर्दै जादा रेडपाण्डाको छालासहित प्रहरीले भरतविलास पराजुलीलाई समेत पक्राउ गरेको छ ।

पराजुलीलाई कपनको शिवमन्दिरबाट पक्राउ गरी थप कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय हात्तिसारलाई बुझाएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । मुलकी ऐन ठगीको महलबमोजिम ठगी गर्नेलाई ठगी लिएको विगो बमोजिम बिगो भराई विगो वमोजिम जरिवाना र ५ वर्ष कैदसम्म गर्न सक्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement