डिउटीमा खटिएका प्रहरीमाथि बोतल र भाटा प्रहार, ३ प्रहरी घाइते


उदयपुर – उदयपुरको कटारी नगरपालिका–६ स्थित बिहीबारे भन्नेस्थानमा डिउटीमा खटिएको प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गरिएको छ ।

घटनामा संलग्न रहेको अभियोगमा कटारी नगरपालिका–७ बस्ने २२ वर्षीय प्रदिप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

हो–हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्तीटोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथि बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी कर्मचारी घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल लगिएको छ । घटनामा संलग्न अन्य १ जना फरार भएकोले खोजी गरिरहेको प्रहरीलेजनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement