प्रहरी विधेयकमा फेरबदल


काठमाडौं – प्रहरीको संगठन संचरना र भूमिकालाई बलियो बनाउने गरी प्रहरीसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले परिमार्जन गरेको छ ।

प्रदेशप्रहरीलाई प्रदेश सरकारप्रति जिम्मेवार बनाउँदै प्रदेशभित्रको सरकारवादी हुने कुसर तथा अन्य मुद्दा मामिला अनुसन्धानको अधिकार दिने गरी समितिले विधेयकमा फेरबदल गरेको हो ।

प्रदेश प्रहरीको परिचालन, अह्रनखटन, मूल्यांकन, सरुवा र बढुवाको अधिकार प्रदेश सरकारलाई रहने गरी विधेयक फेरबदल गरिएको छ । यसअघि ती अधिकार प्रमुख जिल्ला अधिकारीमा सीमित गरिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement