प्रहरीमा कार्यबाहकलाई लिएर लफडा : जुनिएरलाई जिम्मेवारी दिएपछि एआईजी पाल बिदामा


काठमाण्डु – नेपाल प्रहरीमा कार्यबाहकको विषयलाई लिएर असन्तुष्टि देखिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा भइरहेको इन्टरपोलको ८९औं महासभामा सहभागी हुन त्यसतर्फ जाँदा उनले एआइजी निरजबहादुर शाहीलाई कार्यवहाकको जिम्मेवारी दिएका छन् । त्यसमा महानिरीक्षक थापापछी वरियतामा एक नम्बरमा रहेका एआईजी हरि पालले असन्तुष्टि जनाएका हुन ।

प्रहरीमा महानिरीक्षक थापा र एआइजी पालबीच पछिल्लो समय सम्बन्ध खराव रहेको स्रोत बताउंछ । थापा आइजीपी नियुक्त भएपछि पनि केही समय दुवैबीच सम्बन्ध सुमधुर थियो । तर,पछिल्लो समय उनिहरुको सम्बन्ध सुमधुर छैन । पालले प्रहरीमा छांया आइजीपी बन्न खोजेको भन्दै थापा असन्तुष्ट रहेको स्रोतको दावी छ ।

पाललाई आईजीपी थापाले समयाअवधी अघि नै मेट्रोबाट सरुवा गरेका थिए । पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसंगै उनले सरुवा बदर गराएका थिए ।

पालमाथी अहिले मानवअधिकार हननको मुद्दामा अनुसन्धान समेत भइरहेको छ । तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रहरी प्रमुख हुंदा र पाल दुई नम्बर प्रदेशको प्रहरी प्रमुख भएको बेला विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेललाई गैरकानुनी तरिकारले इन्काउण्टर गरिएको थियो । खनालको निर्देशनमा पौडेलको हत्या भएको स्रोत बताउंछ । उनले आफ्नो सचिवालयमा कार्यरत विजय नाम गरेका प्रहरी अधिकारीलाई इन्काउण्टर गर्न खटाएका थिए । उक्त मुद्दाबाट बच्न खनाल अहिले राजनीतिमा सक्रिय हुन खोजेको बताइन्छ ।

त्यो मुद्दामा उनिहरुमाथी कार्वाही हुनुपर्ने माग अहिले चर्को रुपमा उठिहरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले समेत उक्त घटनामा संलग्नलाई कार्वाही गर्न सिफारीस गरेको छ।

प्रहरी महानिरीक्षक थापाले आफुभन्दा जुनियर शाहीलाई जिम्मेवारी दिएपछि एआईजी पाल विदामा बसेका छन् । थापा गत साता भारत भ्रमणमा जाँदा पनि अर्का एआइजी प्रद्युम्न कार्कीलाई कार्यवहाकको जिम्मेवारी दिइएको थियो ।
पालले प्रधानमन्त्री देउवाको आडमा गृहमन्त्री वालकृष्ण खाणको समेत निर्देशन नमान्ने गरेको स्रोत बताउंछ । गृहमन्त्री खांडसंग समेत उनको सम्बन्ध सुमधुर नभएको बताइन्छ । मन्त्री खांडले नै पाललाई कार्यवाहकको जिम्मेवारी नदिन थापालाई निर्देशन दिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement