प्रहरीको गाडीले ठक्कर दिँदा कोटेश्वरमा पैदलयात्रीको मृत्यु


काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाको भ्यानले ठक्कर दिँदा कोटेश्वरमा एक जनाको मृत्यु भएको छ ।  महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले मंगलबार राती बालकुमारी र कोटेश्वर जोड्ने पुलमुनी एक यात्रुलाई ठक्कर दिएको थियो ।

ठक्करपछि घाइतेलाई उद्दार गरी राष्ट्रिय ट्रमा सेन्टर र्पुयाइएको थियो । घाइतेको आज बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले बताए।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति सडकमै बस्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । घाइते मान्छेले बोराको कपडा बनाएर लगाएको पाइएको भन्दै उनी मानसिक सन्तुलन गुमाएको व्यक्ति हुनसक्ने रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement