टेम्पोले ठक्कर दिँदा गस्तीमा रहेका कटहरियाका प्रहरी प्रमुख घाइते


रौतहट – रौतहटमा टेम्पोको ठक्करबाट गस्तीमा गएका एक सई घाइते भएका छन् । जिल्लाको कटहरिया बजारमा गस्तीमा रहेका इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) श्रीनारायण पण्डित टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका हुन् ।

शनिवार राती ८ः३० बजे बा५७प ३८३९ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका सई पण्डितलाई विपरित दिशाबाट आउँदै गरेको ना२ह ४२६९नम्बरको टेम्पोले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुुर्घटनामा परी पण्डितको दायाँ हात भाँचिएको र अनुहारलगायत शरीरका विभिन्न ठाँउमा गम्भीर चोट लागेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सई पण्डितलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । दुर्घटनापछि भागेका टेम्पो चालक कटहरिया–५ का प्रभु साह पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement