काठमाण्डु – नेपाल प्रहरीले काठमाण्डु उपत्यकाका विभिन्न शैक्षिक परामर्श केन्द्रमा छापा मारेको छ । छापा मारेर प्रहरीले ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्वतयारी कक्षा, भाषा शिक्षणसम्बन्धी सेवा प्रदान गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए।
उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा उक्त गैरकानुनी कार्य गरेको फेला परेको प्रवक्ता कार्कीले बताए ।
ती केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठादिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने गरेको भन्ने उजुरी, गुनासो निवेदन परेकाले शिक्षा ऐन, २०२८ शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्थ सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा उल्लेखित मापदण्डअनुसार दर्ता, नवीकरण नगरी विना इजाजत सेवा सञ्चालन गरिएको पाइएको कार्यालयले जनाएको छ।
कार्यालयले ती परामर्श केन्द्रहरूबाट ठगीमा परेको भए कार्यालयमा निवेदन दिन पनि आग्रह गरेको छ।




प्रतिक्रिया