केन्द्रिय प्रहरी सह–प्रवक्तामा उमेश राज जोशी


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह–प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी नियुक्त भएका छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक जोशीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह–प्रवक्ता तोकिएको हो ।

केन्द्रीय प्रहरी सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement