प्रहरीका ३५ एसएसपीको सरुवा(सुचीसहित)


काठमाडौं– गृह मन्त्रालयले शनिवार ३५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरेको छ । गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागले १३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३८ एसएसपीको सरुवा गरेको हो ।

सरुवा हुनेमा ललितपुरमा टेकप्रसाद राईलाई ल्याइएको छ भने महानगरीय ट्राफिक महाशाखामा भिमप्रसाद ढकालले जिम्मेवारी पाएका छन् ।

तालिम केन्द्रअन्तर्गत बुटवल तालिम केन्द्रको समादेशकमा डा. गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, दुधौलीमा सन्दीप भण्डारी, नेपालगन्जमा मसाउद आलम खां, दिपायलमा प्रदीपकुमार श्रेष्ठ र जनकपुर तालिम केन्द्रमा हरिराज वाग्लेको सरुवा भएको छ । त्यसैगरी प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासीको प्रमुखमा एसएसपी वसन्त कुवंरको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement