नेपाल प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवाको लागि सिफारिस (सूचीसहित)


काठमाण्डु – गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना वरिष्ठ उपरिक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फका चार जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएकाहरुमा प्रहरी प्रधान कार्यालयमा केन्द्रीय अनुसनधान ब्यूरोमा कार्यरत नल प्रसाद उपाध्याय, प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा कार्यरत मोहन कुमार आचार्य, प्रदेश १ प्रहरी कार्यालयका राजेन्द्र प्रसाद चौधरी र नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा कार्यरत मसाउद आलम खाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement