प्रचण्ड–नेपाल समूहमा लागेपछि नगरपालिकाका तीन कर्मचारी बर्खास्त


काठमाण्डु – फरक राजनीतिक आस्था राखेकै कारण कर्मचारी बर्खास्त गरेपछि कर्मचारी संगठनले आपत्ति जनाएको छ ।

भेरी नगरपालिकाले नेकपा प्रचण्ड–नेपाल समूहमा लागेको भन्दै तीन कर्मचारी बर्खास्त गरेपछि जिल्लास्ति निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी आपत्ति जनाएको हो ।

संगठनले प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएर नगरपालिकाले कर्मचारी बर्खास्त गरेको भन्दै तत्काल पुनर्बहाली गर्न माग गरेको छ ।

प्रचण्ड–नेपाल समूह निकट प्रेस संगठनमा आवद्ध भएको भन्दै नगरपालिकामा एमआईएस अपरेटर पवन शर्मा, सरोज वली र भरतकुमार शर्मालाई बर्खास्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement