पुनम पाण्डेको नग्न तस्वीर : पोर्न फिल्म खेल्न ट्रोलर्सको सुझाव


एजेन्सी – सधैं आफ्नो बोल्ड र नग्न तस्वीर सामाजिक सञ्जालमा सेयर गरेर चर्चा कमाउने बलिउडकी अभिनेत्री पुनम पाण्डे एक पटक फेरी चर्चामा छाएकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेको नग्न तस्वीरका कारण उनको सोसल मिडियामा निकै नै आलोचना भइरहेको छ ।

२.९ मिलियन फलोअर्स रहेको उनले इन्स्टाग्राममा सेयर गरेको एक तस्वीरमा उनको शरीरमाथि कुनै पुरुषको हात देखिएको छ । पाण्डेले सेयर गरेको सोही तस्बिरका लागि थुप्रै कमेन्ट आइरहेका छन् ।

उनका यी तस्बिरमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘पोर्न फिल्ममा किन काम गर्दैनौ ? ’ तर पुनमलाई फलोअर्सको यस्तो कमेन्टले कुनै फरक पर्दैन ।

आफ्नो बलिउड करियरममा सफल हुन नसकेका कारण पुनम सोसल मिडियामा लोकप्रियता हाँसिल गर्नका लागि विभिन्न विवादास्पद तस्बिर सेयर गर्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement