प्रभु साहले तोके ८ जिल्लामा चुनावी कमाण्डर

प्रभु साहले तोके ८ जिल्लामा चुनावी कमाण्डर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले मधेश प्रदेशका ८ जिल्लामा चुनावी कमाण्डर तोकेका छन् ।

पर्सा जिल्लामा बाबुराम कौशिक, बारामा असोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरी राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डल रहेका छन् ।

उनले दलीय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको टिप्पणी गरेका छन् ।