प्रधानसेनापति शर्मा र राष्ट्रसंघका संयोजकबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघका संयोजक रिचर्ड होवार्डबीच भेटवार्ता भएको छ । आज जंगी अड्डा पगेर राष्ट्रसंघका संयोजक होवार्डले प्रधानसेनापति शर्मासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

उनीहरुबीचको भेटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । उक्त अवसरमा उनले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खटिरहेका नेपाली शान्ति सैनिकहरुले पु¥याएका योगदानको प्रशंसा गरेका थिए ।

साथै उनले बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने संयुक्त राष्ट्र सैन्य पर्यवेक्षक तालिमको अन्तराष्ट्रिय मान्यताको लागि आवश्यक प्रक्रिया पुरा गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले कंगो मिशनमा अपरेशन ‘बाली’ को दौरान मंगलबार विद्रोहीले चलाएको गोली लागि मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति संवेदना व्यक्त गरेका थिए । मृतकका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने आश्वासन उनले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement