कायममुकायम प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता


काठमाण्डु – कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

शुक्रबार जङ्गी अड्डामा भएमो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा तीनवर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशका लागि एक महिना बिदामा बसेपछि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी शर्माले पाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा रथी शर्मालाई यसअघि नै नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement