प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त


काठमाण्डु – कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृतरथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement