प्रधानसेनापति शर्मा र भारतका सेनाध्यक्ष नरवणेबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनाध्यक्ष एमएम नरवणेबीच भेटवार्ता भएको छ । चारदिने भ्रमणका क्रममा दिल्ली पुगेका शर्मालाई साउथ ब्लकमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।

त्यसपछि साउथ ब्लकमै शर्मा र नरवणेबिच छलफल भएको हो । दुई देशका सेनाध्यक्षबिच रक्षा मामिलामा सहकार्य गर्ने विषयमा कुराकानी भएको जनाइएको छ ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधवार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement