प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले बिहीबार मन्त्री जयशंकरलाई उनको कार्यकक्षमा भेट गरेका हुन् ।

भेटवार्ताको तस्बीर सार्वजनिक गर्दै जयशंकरले ट्वीटमा भनेका छन्, ‘उनको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।’

शर्माले बुधबार भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका छन् । शर्माले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement