प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्कदै


काठमाण्डु – भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्कदै छन् । आज साँझ ५ बजे नेपाल आईपुग्ने नेपाली सेनाले जनाएको छ ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको निमन्त्रणामामा गत मंगलबार भारत पुगेका प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेना प्रमुखको मानार्थ दज्र्यानी चिन्हले सम्मान गरेका थिए ।

प्रधानसेनापति मंगलबार भारतीय रक्षा सचिव अजय कुमार, भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र वायु सेनाध्यक्ष भि.आर चौधरीसँग भेटवार्ता गरेका थिए ।

प्रधानसेनापति प्रभुराम शर्माले भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस. जयशंकर सहित राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा शर्माले चिफ अफ डिफेन्स स्टाफ विपित रावतसँग पनि भेटवार्ता गरेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement