अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानसेनापति शर्मा


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएका छन ।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा यूएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाबारे जानकारी लिन असार ४ गते भ्रमणमा निस्किएका सेनापति शर्मा आइतबार काठमाण्डु आइपुगेका हुन् ।

उनले यस क्रममा लेबनान, सिरिया र अमेरिका भ्रमण गरेका छन् । भ्रमणको क्रममा शर्माले अमेरिकी सेनाप्रमुखसहित अमेरिका र लेबनानका उच्च अधिकारीहरूसँग भेट गरेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement